कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडाैं | असार १८, २०८१

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौं:     नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।


कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी गराए । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।


कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।


यसअघि सहकारी छानबिन समितिको मागको क्रममा विपक्षी दलहरूको बैठक बसेको थियो ।

 

कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेको छ । नयाँ सरकारमा सहभागी हुन सबै दललाई आह्वान गरिने कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्